काठाडौं १६ फागुन । गृहयुद्धमा फसेसँगै चौतर्फी विदेशी हमालाको सिकार भईरहेको सिरियामा महिलाहरु भने यौन हिंसामा परेको खुलेको छ । राहतकर्मीहरुबाटै त्यहाँका महिलाहरु यौन हिंसाको सिकार परेको खुलेको हो । यतिसम्म कि रातह वितरण गर्न त्यहाँ पुगेका पुरुष राहतकर्मीहरुले सेक्स गर्न नदिँदासम्म राहत वितरण नगर्ने गरेको समेत खुलेको छ ।
बिबिसी हिन्दीका अनुसार संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनका तर्फबाट सहयोग गरिरहेका पुरुष राहतकर्मीले त्यहाँका महिलामाथि यौन शोषण गरिरहेका छन् । संघ संस्थालाई यस्तो कुरा थाहा हुँदाहुँदै पनि जिउ ज्यानको खतरा हुँदाहुँदै त्यस्तो ठाउँमा गएर राहत बाड्ने काम गरेकाले थाहा पाएर पनि नपाए जस्तो गरेको समेत बताइएको छ ।
तीन वर्षपहिले यही विषयको बाहिर आएको थियो । त्यसै समय कडा चेतावनी दिएपनि यस्तो कार्य रोकिएको छैन । स्थानीय राहतकर्मीले महिलाहरुमाथि यौन शोषणको रुप भयावह बन्दै गइरहेको र जसका कारण सिरियाका महिला राहत वितरण केन्द्र जान अस्वीकार गरिरहेको बताएका छन् । महिला र युवतीहरुसँग राहतकर्मीले फोन नम्बर माग्ने र पछि आफ्नो बासस्थानतिर लिएर जाने गरेको समेत समाचारमा जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।