काठमाडौं २७ फागुन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पक्षमा समर्थन गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैछन् ।
विश्वासको मत लिन पूर्व आज बसेको दुई दलको संसदीय दलको बैठकमा अध्यक्षद्धयले पक्षमा समर्थन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई बढी समर्थन जुट्ने देखिएको छ ।
Comments