काठमाडौं २९ फागुन । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा २२ जना नेपालीसहित ४९ जनाको निधन भएको छ । दुर्घटनामा ११ नेपालीसहित २२ जना घाइतेको विभिन्न हस्पिटलमा उपचार भईरहेको छ ।
एअर कन्ट्रोलको निर्देशन विपरित जहाज ल्याण्ड गर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल सरकारले दुर्घटनाका छानबिन गर्न सोमबार कार्यदल गठन गरेको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी प्रधानमन्त्रीलाई फोन सम्पर्क गरेर दुःख व्यक्त गरेका छन् ।
सोमबार विमान अवतरण गर्ने क्रममा त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटना हुँदा क्षतिग्रस्त भएको हो ।
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।