रमेश खरेलका विरुद्ध गृहमन्त्री खनिनुको राज के त ?

विश्लेषण
चैत्र २२ । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री वामदेव गौतम र काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलबीच मनमुटाव सुरु भएको छ ।
गृहमन्त्री गौतमले सार्वजनिक रुपमै एसएसपी खरेलका विरुद्ध अभिव्यक्तिवाजी समेत गरेका छन् । गृहमन्त्री जस्तो व्यक्तिले पदीय हिसाबमा प्रहरीको पनि एसएसपीमा रहेका एक व्यक्ति खरेलमाथि सेलीब्रेटी बन्न खोजेको आरोप समेत लगाएका छन् ।
धुलिखेलमा शनिबारदेखि सुरु भएको एमालेको युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले पक्राउ गर्ने अनि दुई/तीन दिनमा छाड्ने, अपराधीलाई उन्मुक्ति दिने तरिका भएको भन्दै खरेलेका कटाक्ष समेत गरे । यसले एसएसपी खरेल र गृहमन्त्री गौतमबीच विवाद रहेको छर्लङ्ग भएको छ ।
यसरी, गृहमन्त्री गौतम एउटा प्रहरी अधिकारीमाथि किन खरो रुपमा उत्रिए भनेर टिका टिप्पणी समेत हुन थालेको छ । तर त्यसको राज भने सोही कार्यक्रममा गौतमले खुलाई सकेका छन् । कार्यक्रममा उनले खरेल आफूलाई भेट्न समेत नआएको भनेर कुरो चुहाएका थिए । मलाई भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ भनेर गृहमन्त्री गौतमले सार्वजनिक रुपमै खरेलका विरुद्ध खनिनुको रहस्य चुहाएका थिए । खरेल भने हत्तपत्त नेता तथा आफूभन्दा सिनियर पोष्टका व्यक्तित्वहरुलाई भेट्न जाने नगरेको प्रहरीभित्र चर्चा चल्ने गरेको छ ।
यता, एसएसपी खरेलमाथि गृहमन्त्री खनिएको सोही कार्यक्रममा युवा संघका अध्यक्ष महेश बस्नेतले केन्द्रीय सदस्य अमित लामालाई पक्राउ गरी सिंघम शैलीमा पत्रकार सम्मेलन गरेको भन्दै गृहमन्त्रीकै अगाडी आक्रोश पोखेका थिए । बस्नेतले पक्राउ गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग समेत गर्न भ्याएका थिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 2 COMMENTS

    1. sabailai thaha vakai kura ho nepal ma ramro kam garne manchhelai kasaile pani man paraudainan kinaki nepal ko rajniti le nai ramro kam garna sakdaia anipo ta arule gareko pani herna sakdaina……hahahahahahahahah………….

    Comments are closed.