चैत्र २२ । उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिन नेपाली कांग्रेस लचक देखिएको छ ।
कांग्रेस नेता दिपकुमार उपाध्यायले एमाओवादी शान्ति प्रक्रियाको अभिन्न अंग भएको र उसले संविधानसभाबाहिर रहेका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने भन्दै समितिको नेतृत्व एमाओवादीलाई दिन आफूहरु तयार रहेका बताएका छन् । माओवादीले जसलाई नेतृत्व तोकेपनि आपत्ति नहुने समेत उनले बताए ।
नेता उपाध्यायले मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासद, रिक्त संवैधानिक निकायमा यसै साता नियुक्ति हुने समेत बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।