काठमाडौं १ चैत । आईसीसी वर्ल्ड क्रिकेटमा एक दिवसिय मान्यताका लागि भिडिरहेको नेपालले पपुवा न्यूगिनीको पाँचौ विकेट लिएको छ ।
सन्दिप लामिछानेले व्यक्तिगत ३ विकेट लिएका छन् भने करण केसी र सोमपाल कामीले एक/एक विकेट लिएका छन् ।
आजको खेलमा नेपाली बलर चम्किएका छन् । यो समाचार तयार पार्दासम्म १६ ओभरमा पाँच विकेटको क्षतिमा ६६ रन पपुवा न्यूगिनीले जोडेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।