काठमाडौं २ चैत । पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार भएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार भएको हो ।
पटक पटक सत्तामा पुगेर पनि विकासमा चासो नदेखाएको भन्दै आक्रोशित एक युवाले बोतल हानेको बुझिएको छ । बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरीले म्याद थप गरेर खड्कालाई कारबाही अघि बढाएको छ ।
Comments







