काठमाडौं ३ चैत । आईसीसी विश्वकप क्वालिफायर अन्तर्गत सातौं स्थानका लागि भईरहेको नेपाल र नेदरल्याण्डबिचको खेलमा नेपाललाई आठौं सफलता हात परेको छ । सोमपाल कामीले नेदरल्याण्डको आठौं विकेट लिएका हुन् ।
उनले व्यक्तिगत चार विकेट जोडिसकेका छन् । सन्दिप लामिछाने र ललित राजवंशीले समान २/२ विकेट लिएका छन् । नेदरल्याण्डले ४२ ओभरमा १४४ रन बनाएर खेलिरहेको छ ।
Comments







