काठमाडौं ३ चैत । प्रतिपक्षी दलहरुले उपराष्ट्रपतिमा उम्मेदवारी नदिएपछि हालका उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” दोस्रो कार्यकालका लागि एक्ला उम्मेदवार बनेका छन् ।
निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति पुनको घोषणा भने भोलि हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पूरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि आज मनोनयन र भोलि निर्वाचन कार्यतालिका यसअघि तय भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।