चितवन, ४ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने चेतावनी दिएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघको सातौं महाधिवेशनको रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताए । अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो ।

“कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद काँगेसलाई स्वीकार्य छैन,” उनले भने । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै सभापति देउवाले भने, “तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँं ।”

कांँग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको भन्दै उनले भने, “काँग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन ।” स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा काँंग्रेस सधैँं रहने उहाँले बताउनुभयो । नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेको भन्दै उनले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।