काठमाडौँ, ४ चैत । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी र्दिए ।

उनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहो थिए ।
यसैबिच, निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित भएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ ।

उपराष्ट्रपतिको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित भएका पुनलाई प्रमाणपत्र प्रदान गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।