काठमाडौं १० चैत । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको भूमिकामा रहेका माओवादी मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
प्रदेश एक इन्चार्जमा राम कार्की, प्रदेश २ को इन्चार्जमा विश्वनाथ शाह र प्रदेश ४ को इन्चार्ज हितराज पाण्डेलाई तोकिएको छ । यसअघि प्रदेश एकमा गोपाल किराती, दुईमा मातृका यादव, चारमा देव गुरुङ थिए । किरातीलाई पार्टीले कारबाही गरेको छ भने यादव मन्त्री र गुरुङ पार्टी संसदीय दलको प्रमुख सचेतक बनेपछि जिम्मेवारी हेरफेर गरिएको हो ।
यसैगरी, प्रदेश ५ मा मणि थापा र प्रदेश ६ को इन्चार्जमा जनार्दन शर्मा चयन भएका छन् । यसअघि, प्रदेश ५ मा वर्षमान पुन, प्रदेश ६ मा शक्ति बस्नेत रहेका थिए । दुवै मन्त्री बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र ७ मा लेखराज भट्टलाई इन्चार्ज यथावत राखिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।