ठाउँ ठाउँमा एनसेल टावरमा विप्वल नेतृत्वको नेकपाद्धारा युद्ध शैलीमा आगजनी
काठमाडौं १६ चैत । देशका विभिन्न भागमा रहेका एनसेल टावरमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आगजनी गरेको छ । गएराती एकै साथ युद्ध शैलीमा टावरमा आगजनी भएको हो ।
खोटाङको नुनथलामा नेकपाले आगजनी गरेको छ । राज्यलाई कर नतिरेको भन्दै आगजनी गरिएको नेकपाले जनाएको छ । प्रदेश तीनका केही जिल्लाका टावरमा समेत आगजनी गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।