काठमाडौं, २३ चैत । नयाँ सरकारले ठुलाे संख्यामा सचिवहरूकाे सरूवा गरेकाे छ । मन्त्रिपरिषदको कार्यालयले एकै पटक ३० जना सचिवहरुको सरुवा गरेको हाे ।
नयाँ निर्णय सँगै गृह सचिवमा प्रेम राईलाई ल्याइएको छ । हाल गृह सचिव रहेका मोहनकृष्ण सापकोटाको ठाउँमा राईलाई ल्याइएको हो । राई मन्त्रिपरिषदको सचिवालयमा कार्यरत थिए । यस्तै अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ ।
यस्तै रक्षा सचिव विनोद केसीलाई राष्ट्रपतिको कार्यालय, अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालय, मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङ्गलाई सञ्चार मन्त्रालयमा ल्याइएको छ ।
त्यस्तै योजना आयोगका सचिव विष्ण्मु लम्साललाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललाई श्रम, महिला, बालबालिका तथा सुरक्षा मन्त्रालय, मन्त्रिपरिषदको कार्यालयका सचिव खगराज बराललाई शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयका केदारबहादुर अधिकारीलाई मन्त्रिपरिषद कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।