नयाँ दिल्ली, २४ चैत । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र उनका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो ।

नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरुबीच महत्वपूर्ण छलफल भएको हो, प्रधानमन्त्री ओलीले भने, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।”

उनले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरुबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताए ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली र उनका समकक्षी मोदीबीच आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।