काठमाडौं १२ वैशाख । नेपालमा यस वर्ष आर्थिक वृद्धिदर ५.८९ प्रतिशत कायम हुने अनुमान गरिएाके छ । यस्तै वार्षिक प्रतिव्यक्ति आम्दानी १ लाख १२ हजारको आसपास रहने भएको छ ।

न्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो अनुमान गरिएको हो । मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको छ । चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा ६ प्रतिशतको वृद्धि अपेक्षा गरिएकोमा यो वृद्धिदर ०.११ प्रतिशत विन्दुले कम हो ।
यसैगरी, नेपालीहरुको प्रतिव्यक्ति आय यसवर्ष एक हजार डलर नाघेको छ। यो हालसम्मकै उच्च हो। तथ्यांकअनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १ हजार १२ अमेरिकी डलर (करिब १ लाख १२ हजार रुपैयाँ) पुगेको छ । गतवर्ष यो प्रतिव्यक्ति ८ सय ७७ डलर थियो।

यो वर्ष अर्थतन्त्रको आकार पनि बढेर ३० खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा कुल जीडीपी २६ खर्ब रुपैयाँ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।