काठमाडौं । अाइपिएलमा रोयल च्यालेन्जर ब्यांग्लोरले जितका लागि २०५ रनको चुनौती दिएपनि हार बेहोरेको छ । गएराती भएको चेन्नाई सुपर किंगविरुद्धको खेलमा ब्यांग्लो हार बेहोर्न बाध्य बन्यो ।
चौथो स्थानमा मैदान छिरेका महेन्द्र सिंह ध्वनीले ब्यांग्लोरलाई ७ छक्का १ चौका हानेर विजयी बनाए । उनले अन्तिम २ बल बाँकी छँदै आफ्नो टिमलाई विजयी बनाए भने सुरु बलमा छक्का हानेका उनले अन्तिम बलमा पनि छक्का नै प्रहार गरेका थिए ।
Comments






