काठमाडौं । राष्ट्रियस्तरका २८ वाणिज्य बैंकले तेस्रो त्रैमास रिपोर्ट सार्वजनिक गरिसकेका छन् । जसमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक एक नम्बरमा देखिएको छ । तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रो त्रैमासमा ३९ अर्ब रुपैयाँ खुद मुनाफा गरेका २८ बैंक मध्ये नीजि क्षेत्रको नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । नीजि क्षेत्रमा सबैभन्दा बढी नाफा कमाउने पहिलो बैंक समेत बन्न पुगेको छ ।

यसैगरी, नबिल बैंकले २ अर्ब ८० करोड नाफा गरेर तेस्रो स्थानमा आएको छ भने नेपाल बैंकले २ अर्ब ५७ करोड खुद नाफा कमाउँदै चौथो स्थानमा छ ।
पाँचै स्थानमा एभरेष्ट बैंक रहेको छ । त्रैमासमा एभरेष्टले १ अर्ब ६० करोड नाफा आर्जन गरेको छ । एनएमबी बैंकले १ अर्ब ४१ करोड नाफा आर्जन गर्दै छैटौं स्थानमा छ । कृषि विकास बैंकले १ अर्ब ७९ करोड करोड नापाm आर्जन गरेर सातौं स्थानमा छ भने हिमालय बैंकले १ अर्ब ६१ करोड मुफा गरेर आठौं स्थान ओगट्न सफल भएको छ ।

यसैगरी, स्टाण्डर्स चार्टर्स बैंकले १ अर्ब ६१ करोड कमाएर नबौं र एसबिआई बैंकले १ अर्ब ५१ करोड कमाएर दशैं स्थान ओगटेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।