काठमाडौं २० असार । केन्द्र सरकारले प्रदेश दुईका एक मन्त्रीको अमेरिकी भ्रमणलाई स्वीकृति प्रदान गरेको छ । बुधबार राती अबेर बसेको मन्त्री परिषदको बैठकले प्रदेश २ का आन्तरिक मामिला तथा योजना राज्य मन्त्रीको अमेरिकी भ्रमण स्वीकृत गरेको हो ।

यसअघि, प्रदेश २ का मुख्यमन्त्रीको अमेरिकी भ्रमणलाई भने केन्द्र सरकारले रोकिदिएको थियो । सरकारको नीति तथा योजना तर्जुको काम बनाउन पर्ने महत्वपूर्ण काम रहेको भन्दै केन्द्र सरकारले मुख्यमन्त्रीको भ्रमणलाई रोकिदिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मुख्यमन्त्रीले नेपालको आन्तरिक मामिलाको विषय बोलेर पोल लगाएको भन्दै त्यससँग जोडेर समेत हेरिएको थियो । पुन अहिले भने केन्द्र सरकारले प्रदेश २ का राज्यमन्त्रीको भ्रमणलाई स्वीकृत गरिदिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।