काठमाडौं २० असार । सरकारले भदौ यता कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले गरेको सबै राजनैतिक नियुक्ति खारेज गरेको छ ।

मन्त्रीपरिषदको बुधबार अबेर रातीसम्म बसेको बैठकले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचार संहिता लागू भएयता देउवा सरकारले गरेका राजनैतिक सबै नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि यता भएका मन्त्रालय अन्तर्गतका विभाग, परिषद, बोर्ड लगायतको सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।  फागुन २ सम्म भएका नियुक्ती खारेज हुने भएकाे हाे।

देउवा सरकारले सो समयमा नियुक्ति गरेकै बेला तत्कालिन एमाले र माओवादी केन्द्रले भने आचार संहिता लागेको र निर्वाचन मिति घोषणा गरेसँगै सरकार पनि काम चलाउ भएकाले महत्वपूर्ण निर्णय गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए । आफ्नो पालामा भएका नियुक्ति बदर भएपछि कांग्रेसलाई भने तनाब थपिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।