काठमाडौँ, २५ असार । शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो ।

आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार समूह ०.२५ र उत्पादन समूह ७.४३ बिन्दुले बढ्दा बैंकिङ १६.५२, होटल २४.४३, विकास बैंक १७.९६, जलविद्युत् २८.२८, फाइनान्स ३.४२, बीमा १३५.३, अन्य ४.७८ र माइक्रोफाइनान्स २२.१९ बिन्दुले घटेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।