काठमाडौं २६ असार । प्रधानमन्त्री केपी ओलीले डा. गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले राजधानीको सडकमा कराउनेहरू आफै चुप लाग्ने समेत बताएका छन् । नेकपा संसदीय दलको बैठकमा उनले भने, ‘जुम्लामा भोकै सुत्न लगाउने र काठमाडौंका सडकमा बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन्।’
ओलीले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको दाबी गर्दै त्यसबाट पछि नहट्ने समेत जनाए ।
काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यवहारिक नभएको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकारका आफ्नै नीति हुने र सो अनुसार ऐन आउने भन्दै अहिले कुनै अनौठो नभएको समेत बताएका छन् ।
Comments







