काठमाडौं २७ असार । नेपाल कम्युनिष्ट पार्टीको विधान बनेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो ।
नियमावली पारित भएसँगै अब तल्ला कमिटी तथा जनसंगठनको एकता अघि बढ्ने भएको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको छ ।
Comments







