जुम्ला २७ असार । जुम्लामा आमरण अनसनरत प्राडा गोविन्द केसीले तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न माग गरेका छन् ।
१२ दिनदेखि जुम्लामा अनसनरत डा केसीले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार रहेको समेत बताएका छन् ।
उनले सरकराले संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको भन्दै आक्रोश समेत पोखेका छन् । ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई चाहिं यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं ।’
Comments







