काठमाडौं ३१ असार । काठमाडौंमा जथाभावी बाटो काटेमा ठाउँको ठाउँ पक्राउ परिने भएको छ । प्रहरीले जथाभावी बाटो काट्नेलाई पक्राउ गरेर सडकमै पढाई बुझाई सम्झाई गरेर छाड्ने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आकाशे पुल र जेब्राक्रस भएको ठाउँमा जथाभावी बाटो काट्नेलाई समातेर प्रशिक्षण दिएरमात्र छोड्ने नयाँ नियम ल्याएसँगै अब जथाभावी बाटो काट्ने पक्राउ पर्ने भएका हुन् ।
यसअघि गत वर्ष जेठ १६ गतेदेखि ट्राफिकले जथाभावी बाटो काट्ने यात्रुलाई २ सय रूपैया जरिवाना तिराउने र ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नुपर्ने नियम ल्याएको थियो । तर, त्यो नियम धेरै समय टिक्न नपाई हटेको थियो ।
Comments







