काठमाडौं २ साउन । प्रधानमन्त्री कार्यालयको निर्देशन लत्याउँदै कर्मचारीको जम्बो टोली भारत भ्रमणमा निस्किएको छ ।

असार ३२ गतेबाट सकिएको आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट निकासा लिएर कृषि मन्त्रालय मातहतका दर्जनौं कर्मचारी विदेश भ्रमणमा गएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मात्र ४५ जनाको टोली भारत भ्रमण गइसकेको छ।

त्यस्तै राष्ट्रिय किसान आयोग, किसानका लागि उन्नत वीउ विजन लगायतका कार्यक्रमबाट १५ जना कर्मचारी बुधबार बिहान भ्रमणका लागि उडेका छन् ।

आर्थिक वर्षको अन्त्यतिर भ्रमण स्वीकृत गराएर ठुलो संख्यामा कर्मचारीहरु विदेश भ्रमणमा जान लागेको भन्दै प्रधानमन्त्री कार्यालयले मंगलबार भ्रमण रोक्न भन्दै कृषि मन्त्रालयमा पत्र पठाएपनि आजमात्र २४ जना कर्मचारी विदेश भ्रमणमा गएका छन् ।

अघिल्लो आर्थिक वर्षको बजेटबाट पेस्की लिएर उनहिरु जान लागेको र भ्रमणको औचित्य पुष्टि नभएको भन्दै प्रधानमन्त्री कार्यालयले भ्रमण रोक्न पत्र पठाएको थियो । तर, प्रधानमन्त्री कार्यालयकाे निर्देशन पुरै लत्याइएकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।