जुम्ला २ साउन । चिकित्सा क्षेत्र सुधारको माग राखेर विगत १९ दिनदेखि जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जतिबेला पनि मुटुको चाल बन्द हुन सक्ने चिकित्सकको चेतावनी दिएका छन् ।

चिकित्सकका अनुसार अनशन लम्बिदै जादाँ केसीको स्वास्थ्यमा असमान्य परिवर्तन देखिन थालेका छन् । उपचारमा संलग्न डा. धिरज गुरुङले मुटुको चालमा परिवर्तन भइ एक्टोपिक बिड्सहरु देखिन थालेको बताए । यस्ता असामान्य किसिमका संकेत देखा परेमा बिरामीको मुटु जति बोला पनि बन्द हुन सक्ने सम्भावना प्रवल रहन्छ । विगत पाच दिन देखी डा केसीलाई थप उपचारका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखिएपनि थप उपचार गर्न परे जुम्लामा असम्भव देखिने भएको छ । ‘डा केसीको धड्कन बन्द भएर आईसीयूमा राख्नुपर्ने अवस्था आएमा जुम्लामा उपचार सम्भव छैन, गुरुङले भने ।

उपचारमा संलग्न चिकित्सक डाक्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले श्वास फेर्न समस्या हुने गरेको, अक्सिजनको मात्रा ६० पाइएको बताए । उनले भने, केसीको श्वास प्रस्वासको गति ४० र मुटुको गति १२० पुगेको जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।