काठमाडौं ३ साउन । सरकारले अनसनरत डा. गोविन्द केसीको जिवन रक्षाको लागि उनलाई काठमाडौं ल्याउन हेलिकप्टर पठाएको छ ।
शिक्षा सचिव र डाक्टरहरुको टोलिसहितको हेलिकप्टर आज बिहान जुम्ला उडेको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर पठाउन अगाडी हिजो साँझ प्रधानमन्त्री, रक्षामन्त्री, स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीबिच वार्ता भएको थियो ।
डा. केसीलाई काठमाडौं ल्याएर टिचिङ हस्पिटल राखिने भएको छ । उनले अन्यत्रै बस्न चाहेको अवस्थामा भने सरकारले त्यसको व्यवस्था गरिदिने मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलले संसदमा पेश भएको विधेयक माथेमा आयोगको सुझावकै आधारमा रहेको समेत दाबी गरेका छन् ।
विधेयकमो विषयमा कतिपय कुरा मिलाउन पर्ने भए संसदमै हुने समेत जनाएका छन् ।