काठमाडौं ३ साउन । चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा २० दिन देखि अनसन बसिरहेका डाक्टर गोविन्द केसी काठमाडौं आउन तयार भएका छन् ।
प्रहरीले चिकित्सक र विद्यार्थीमाथि समेत लाठी चार्ज गरेर हस्पिटल भित्र प्रवेश गरेपछि केसी काठमाडौं आउन राजी भएका हुन् ।
केसीले नरसंहार देख्नु भन्दा आफू काठमाडौं जान तयार रहेको बताएका छन् । ‘यसरी गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन, म काठमाडौं जान तयार छु,’ उनले भने ।
अस्पतालले दिएको डाक्टर केसीको पछिल्लो स्वास्थ्य अवस्थापछि सरकारले केसीलाई काठमाडौं ल्याउन सरकारी टोली हेलिकप्टर लिएर बिहिबार बिहानै जुम्ला पुगेको थियो।
Comments