काठमाडौं ३ साउन । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन राजी भएपछि ससद बैठक ८ दिनका लागि स्थगित भएको छ ।
आज १ बजेका लागि बोलाइएको बैठक सुचना टासेर विशेष कारणवश बस्न नसकेको भन्दै ११ गतेका लागि बोलाइएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयमा कांग्रेसले संसद अवरोध गर्दै आएको र केसी काठमाडौं आउन मानेपछि त्यसमा सहमति खोज्ने उद्देश्यले बैठक पछि सारिएको हो ।
केसीले विधेयक संसदबाट फिर्ता लिएर अध्यादेश जस्ताको तस्तै पेश हुनुपर्ने माग गर्दै आएका छन् । सरकारले भने विधेयकभित्रै केसीले उठाएका माग संशोधनमार्फत सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ ।
Comments







