चैत्र १ । विभिन्न विद्यार्थी संघ संगठनले मूल्य वृद्धिको विरोधमा आन्दोलनको घोषणा गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा आज (शनिबार) बसेको बसेको बिद्यार्थी संगठनहरुको संयुक्त बैठकले विरोधको कार्यक्रम घोषणा गरेका हुन् ।
विरोधका कार्यक्रम अन्तर्गत, प्रधानमन्त्रीलाई ध्यानाकर्षण, मसाल जुलुस तथा सरकारी गाडीहरु गुड्न नदिने लगायत छन् ।
बिद्यार्थीहरुले गरेको विरोधको कार्यक्रम अन्तर्गत आज दुई बजे राज्यलक्ष्मी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । यस्तै आगामी कार्यक्रम अन्तर्गत भोलि आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई मूल्यबृद्धि फिर्ता लिन अनुरोधसहित ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार गते देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेर सरकारी गाडी चल्न नदिने र बुधबार मसाल जुलस प्रदर्शन गर्नेलगायत निर्णय गरेका छन् ।
सरकारले हिजो ९शुक्रबार० पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६/६ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।