तस्बीर: फाइल

चैत्र १ । पेट्रोलियम पदार्थको मूल्य वृद्दिको विरोध गरिरहेको समूहले एक सरकारी गाडीमा आगजनी गरेका छन् ।

आन्दोलनका क्रममा विद्यार्थीहरुले बानेश्वरस्थित रत्न राज्यलक्ष्मी अगाडी एउटा सरकारी गाडीमा आगजनी गरेका हुन् । मोटरसाइकलमा आएका दुई जनाले गाडी जलाएको बताइए पनि विद्यार्थीले हो वा अन्य कसैले भन्नेबारे भने पुष्टि भएको छैन ।

बा १ झ ५६८० नम्बरको सरकारी गाडीमा आगजनी गरिएपछि गाडी जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।