काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकारले गरिएका ‘ग्राण्ड डिजाइन’ भएको बताएका छन् ।

राजधानीमा एक अनलाइनकाे शुभारम्भ गर्दै उनले अहिले सरकारविरुद्ध भएको आन्दोलन राजनीतिक ‘ग्राण्ड डिजाइन’ भएको बताए ।

उनले अहिलेको सरकार विल्कुल नयाँ अभ्यासको सरकार बनेको भन्दै विगतका बहुमत प्राप्त सरकारले गरेका कमीकमजोरीलाई सच्याएर सरकार अघि बढ्ने धारणा राखे ।

नेता भट्टराईले डा गोविन्द केसीको मुद्दामा नभई आफ्नै नीति तथा विचारमा हिँड्न नेपाली काँग्रेसलाई आग्रह गरे । उनले मेडिकल शिक्षा सरकारको दायित्वभित्र रहेको भन्दै १० वर्षभित्र सबै मेडिकल शिक्षालाई राज्यको नियन्त्रणमा ल्याउने योजना सरकारले बनाइरहेको समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।