काठमाडौं २२ साउन । धेरैलाई यो अपत्यारिलो पनि लाग्ला तर अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै एक जना कर्मचारीले सात करोड भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् । ढकाल १४ महिना बीचमा झण्डै चार करोड रूपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको अख्तियारको दाबी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।