काठमाडौं २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक अहिले बस्ने तयारी छ । बैठकमा पार्टी तल्ला कमिटीको एकता, सरकारको काम कारबाहीलाई कसरी अझै प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
तर, आजको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा हट विषय बन्ने निश्चित देखिएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेको विषयलाई लिएर झण्डै दुई साता अघि राजीनामा दिएर बैठकबाट निस्किएका थिए । उनले राजीनामा दिएपनि उनलाई नै राख्ने प्रयास हुँदै आएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो मात्र पार्टी प्रवक्ता श्रेष्ठ नै हुने बताएका थिए ।
Comments







