काठमाडौं २३ साउन । झण्डै एक दर्जन कम्पनी तथा संस्था नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचिकृत भएर बेपत्ता जस्तै हुँदा लगानीकर्ताको दुर्इ अर्ब ६४ करोड डुब्ने खतरा भएको छ । त्यस्ता कम्पनी कतिपय त बन्द अवस्थामा छन् भने कति नेप्सेको सम्पर्कमा समेत छैनन् । राज्यले समेत त्यस्ता कम्पनी खुलाउन आवश्यक चासो दिएकाे पाइदैन ।
३८ लाख ३३ हजार ४०० कित्ता शेयर सूचीकृत रहेको सरकारी स्वामित्वको गोरखकाली रबर उद्योग लिमिटेड विगत पाँच वर्षदेखि बन्द छ । सरकारले खुलाउन पहल गरेपनि सञ्चालन नै हुन सकेको छैन ।१३ लाख छ हजार ६९३ कित्ता शेयर सुचिकृत रहेको बुटवल स्पिनिङ मिल्स लिमिटेड पनि हाल कारोबार नै छैन ।
अरुण वनस्पती उद्योग लिमिटेडको पाँच लाख ५० हजार ३४३ कित्ता शेयर नेप्सेमा सुचिकृत भएपनि कारोबार नै छैन । अरुण वनस्पती उद्योग लिमिटेडको पाँच लाख ५० हजार ३४३ कित्ता शेयरको एक लाख ६५ हजार कित्ता शेयर सूचीकृत भएपनि कारोबार छैन ।फ्ल्यूर हिमालयन लिमिटेडको दुई लाख ६२ हजार १०२ कित्ता शेयर स्टकमा सूचीकृत रहेपनि कारोबार छैन ।
सरकारी स्वामित्वमा रहेको हरिसिद्धी इँटा तथा टायल उद्योगको १८ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएपनि कम्पनी नै बन्द छ ।
यसैगरी, ज्योति स्पिनिङ मिल्सको १२ लाख ७० हजार २८८ कित्ता, नेपाल विटुमिन एण्ड ब्यारेल उद्योगको दुई लाख १० हजार ६८० कित्ता, नेपाल वनस्पति घ्यू उद्योगको एक लाख एक हजार २५० कित्ता, नेपाल खाद्य उद्योगको ९० हजार कित्ता सृचिकृत भएपनि कारोबार देखिएको छैन । सरकारी स्वामित्वको भृकुटी कागज कारखाना निजिकरण गरिए पनि बन्द छ । कम्पनीको ३५ लाख कित्ता शेयर रहेको छ । सरकारले यस्ता बन्द अवस्थामा रहेको कम्पनी खोल्न चासो नदिँदा उद्योगमा कमी आउनुका साथै सेयरको रकम समेत खतराको अवस्थामा पुगेको हो ।स्टकमा यी कम्पनी भए गायब, सर्वसाधरणको दुर्इ अर्ब ६४ करोड खतरामा
काठमाडौं २३ साउन । झण्डै एक दर्जन कम्पनी तथा संस्था नेपाल स्टक एक्चेन्ज (नेम्से) मा सुचिकृत भएर बेपत्ता जस्तै सर्वसाधरणको दुर्इ अर्ब ६४ करोड डुब्ने खतरा भएको छ । त्यस्ता कम्पनी कतिपय त बन्द अवस्थामा छन् भने कति नेम्सेको सम्पर्कमा समेत छैनन् । राज्यले समेत त्यस्ता कम्पनी खुलाउन आवश्यक चासो नदिँदा सर्वसाधरण मर्कामा परेका हुन् ।
३८ लाख ३३ हजार ४०० कित्ता शेयर सूचीकृत रहेको सरकारी स्वामित्वको गोरखकाली रबर उद्योग लिमिटेड विगत पाँच वर्षदेखि बन्द छ । सरकारले खुलाउन पहल गरेपनि सञ्चालन नै हुन सकेको छैन ।
१३ लाख छ हजार ६९३ कित्ता शेयर सुचिकृत रहेको बुटवल स्पिनिङ मिल्स लिमिटेड पनि हाल कारोबार नै छैन ।
अरुण वनस्पती उद्योग लिमिटेडको पाँच लाख ५० हजार ३४३ कित्ता शेयर नेम्सेमा सुचिकृत भएपनि कारोबार नै छैन । अरुण वनस्पती उद्योग लिमिटेडको पाँच लाख ५० हजार ३४३ कित्ता शेयरको एक लाख ६५ हजार कित्ता शेयर सूचीकृत भएपनि कारोबार छैन ।
फ्ल्यूर हिमालयन लिमिटेडको दुई लाख ६२ हजार १०२ कित्ता शेयर स्टकमा सूचीकृत रहेपनि कारोबार छैन । सरकारी स्वामित्वमा रहेको हरिसिद्धी इँटा तथा टायल उद्योगको १८ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएपनि कम्पनी नै बन्द छ ।
यसैगरी, ज्योति स्पिनिङ मिल्सको १२ लाख ७० हजार २८८ कित्ता, नेपाल विटुमिन एण्ड ब्यारेल उद्योगको दुई लाख १० हजार ६८० कित्ता, नेपाल वनस्पति घ्यू उद्योगको एक लाख एक हजार २५० कित्ता, नेपाल खाद्य उद्योगको ९० हजार कित्ता सृचिकृत भएपनि कारोबार देखिएको छैन ।
सरकारी स्वामित्वको भृकुटी कागज कारखाना निजिकरण गरिए पनि बन्द छ । कम्पनीको ३५ लाख कित्ता शेयर रहेको छ । सरकारले यस्ता बन्द अवस्थामा रहेको कम्पनी खोल्न चासो नदिँदा उद्योगमा कमी आउनुका साथै सेयरको रकम समेत खतराको अवस्थामा पुगेको हो ।