काठमाडौं २७ साउन । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धानमा १८ जना एसपी र २७ जना डिएसपीमा बढुवा भएका छन् ।

१८ प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)को उप अनुसन्धान अधिकृत (एसपी) मा तथा २७ जना अनुसन्धान अधिकृत (इन्सपेक्टर) को प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) मा बढुवा भएको हो ।

एसपीमा बढुवा हुनेहरुमा मुकुन्दराज श्रेष्ठ, नवीनप्रसाद भट्टराई, टेकराज तिमल्सिना, तुलसीराम प्रसाई, सुरेन्द्र कोइराला, रमेशसिंह डाँगा, वीेरेन्द्रसिंह कार्की, नगेन्द्रराज गिरी, शेरजंगबहादुर चन्द, अभिनयकुमार मिश्र, तिलक शर्मा प्रसाई, विमल घिमिरे, गोपाल पन्थी, कमल भट्टराई र कुलबहादुर खड्का छन् ।

बढुवाका आकांक्षीहरुबीचकै विवादका कारण करिब तीन महिनासम्म बढुवा रोकिएको थियो भने गृह मन्त्रालयले शुक्रबार साँझ बढुवाको निर्णय गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।