फागुन २६ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै एक केन्द्रीय सदस्यले वर्तमान मन्त्रीमण्डल समावेशी नभएको आरोप लगाएकी छिन् । 
केन्द्रीय सदस्य एवम् महिला नेत्री सुजाता कोइरालाले यस्तो आरोप लगाएकी हुन् ।
प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा उनले  अब विस्तार हुने मन्त्रिमण्डलमा पिछडिएका जातजाति, मुस्लिम, महिला एवम् कर्णाली अञ्चलको उचित प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिइन् । 
उनले कार्यक्रममा  अविलम्ब चुनावको मिति घोषणा गर्नसमेत माग गरिन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।