काठमाडौं १ भदौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रदत्त अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

अर्थमन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा दोहोरो रुपमा कर असुल्दा जनता मारमा परेको बताउँदै त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताए ।

जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ, उनले भने “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुननसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ ।”

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुुङ्गानाले साउन महिनाको राजश्व स¬ङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।