काठमाडौं १ भदौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) रिहा हुन नपाउँदै फेरि पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई छाडेर पुनः पक्राउ गरेको हो । प्रकाण्ड रिहा भएपछि सर्वोच्च अदालतको गेटमा पुग्न नपाउँदै पुनः पक्राउ परेका थिए ।

केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।