काठमाडौं ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजनीतिक जोगीको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको भन्दै अबको आफ्नो सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको समेत बताएका छन् ।

झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको पनि बताएका छन् । पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमै पूर्व पश्चिम र उत्तरदक्षिण रेल गुडाउने प्रतिवद्धता व्यक्त गर्दै यसले छिट्टै आकार ग्रहण गर्ने पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।