महोत्तरी ६ भदौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताएका छन् ।
महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका छन् । उनले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गरे । २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गरे ।
स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले भर्ना अभियानलाई विशेष रुपमा लिनु पर्ने बताए । उनले अझैं पनि मुसहर, डोम र दलित बालबालिकाहरुलाइ विद्यालयसम्म ल्याउन नसकिएको अवस्थ रहेको उल्लेख गरे । मन्त्री पोखरेलले सबै जातजाती, भाषाका बालबालिकालाई विद्यालयको पहुँमा ल्याउन असाधारण अभियान चलाउन जरुरी बताए । उनले सरकारी वद्यालयलाई कसरी गुणस्तरिय शिक्षा दिने बनाउन सकिन्छ भन्नेमा सबै गम्भीर हुनुपर्ने बताए ।
मन्त्री पोखरेलले आफु निजी विद्यालयको पक्षमा नरहेको जनाउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने चेतावनी दिए । यसका लागि विशेष अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।