फागुन २५ । अर्थमन्त्री रामशरण महत र विश्व बैंकका १३ जना उच्च अधिकारीलगायत विज्ञहरुको टोलीले शनिवार माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो विद्युत आयोजना तामाकोसीलाई वैयक्तिक अध्ययन केस स्टडीको रुपमा लिंदै टोलीले बाधस्थललगायत निर्माणको जानकारी लिएको थियो ।

तामाकोसीजस्ता ठूला आयोजनाहरुमा लगानी गर्दा लिनुपर्ने भावी रणनीतिहरुका सम्बन्धमा धारणा तय गर्नु भ्रमणको उद्देश्य रहेको बुझिएको छ । उनीहरुले आयोजनास्थलमा करिब २ घण्टा लगाएर बाँध निर्माणस्थल र निर्माणाधीन मुख्य सुरुङको अवलोकन गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।