काठमाडौँ, २७ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन् ।

हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिंदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गरेका छन् । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उनले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपतिले भनेका छन्, “पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय हो । बलात्कारलगायत महिला हिंसाका घटनाका दोषीलाई कानूनी दायरामा ल्याई यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ । यस वर्षको तीज पर्वले महिला हिंसालगायत सबैखाले आपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।