काठमाडौं ३० भदौं । नेपाली कांग्रेस भित्र चुनावता यता नेतृत्वको विषयले खुबै चर्चा पाउँदै आएको छ । रामचन्द्र पौडेल, सिटौला तथा कोइराला परिवारले नेतृत्वको कारण पार्टीले पराजय बेहोरेको आरोप लगाउँदै पटक पटक सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाउँदै आएका छन् ।

पछिल्लो पटक पनि त्यहीँ क्रम दोहोरीरहेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शशांक कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरे । तर, खुलेरै देउवाले नेतृत्व नछाड्ने अडान लिए ।

‘१० हजार किलोमिटर एउटै नेतृत्वमा जाँदैन । नेतृत्व परिर्वतन गरिरहेको हुन्छ । थाक्छ, पछाडि जान्छ’ कोइरालाले अझै अगाडी थपे, ‘मैले भन्नुपर्ने कुरा तपाईहरुले बुझिसक्नुभएको छ ।’

लगत्तै देउवाले आफू नथाकेको भन्दै नेतृत्व नछाड्ने अडान लिए । ‘म थाकेकै छैन कहाँ पालोपालो गर्नू’ देउवाले भने, ‘कर्‍याङकुरुङ थाकेको होला, म थाकेको छैन ।’

कांग्रेसभित्र यसरी पटक पटक नेतृत्व परिवर्तनको चर्चा निक्कै हुँदै आएको छ । कहिले निक्कै पेचिलो समेत बन्दै आएको छ । देउवा भने टसको मस गरेका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।