काठमाडौं ३० भदौं । सरकारले निर्मला हत्या छानबिनमा जिम्मेवारीपूर्वक काम नगरेको भन्दै प्रहरी नायव उपरीक्षकहरु (डिएपी) ज्ञानबहादुर सेटी, अंगुर जि.सी, प्रहरी निरीक्षकहरु (इनिस्पेक्टर) जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको छ ।

गृह मन्त्रालयले गत ७ भदौमा गठन गरेको अध्ययन तथा छानबिन समितिले शनिबार प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका आधारमा बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्या जिम्मेवारीपूर्वक गर्न नसकेको सुरक्षाकर्मीलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीले विज्ञप्तिमार्फत जनाएका छन् । यसअघि एसपी डिल्लीराज विष्ट निलम्बित भएका थिए ।

गृह मन्त्रालयले प्रतिवेदनले औंल्याएका अन्य केही संदिग्ध व्यक्तिहरुलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडी बढाउन निर्देशन दिएको समेत जनाएको छ ।

मन्त्रालयले घटनामाजो कोही संलग्न भएपनि कानूनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध रहेको समेत जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।