काठमाडौं ४ असोज । शान्तिपूर्ण रुपमा आन्दोलन गर्नु लोकतन्त्रमा अनौठो होइन । तर, आन्दोलनमा सहयोग नगरेको भन्दै जुत्ताको माला लगाउनु भने सोच्न समेत नसकिने एक किसिमको अपराध नै हो ।
हो, यस्तै अपराधको एउटा घटना घटेको छ बिहीबार । मुलुकी संहिताको विरोधमा आन्दोलनरत सवारी चालकहरुले बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएर उदण्डता देखाएका छन् ।
आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्रौटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाएको बुझिएको छ ।
सवारी साधनले मान्छे मारेमा १० वर्षको जेल सजायलाई खारेज गर्न माग गर्दै सवारी चालकहरुले आन्दोलन गरेका थिए ।
Comments







