काठमाडौं ४ असोज । ५ असोजदेखि खुल्ने भनिएकाे दशैंका लागि अग्रिम टिकट बुकिङ अन्तिम समयमा अाएर राेकिएकाे छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।
नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । उक्त मूल्यवृद्धि फिर्ता लिन महासंघले ४८ घण्टे अल्टिमेटम दिएको थियो । पटक पटक मूल्य वृद्धिका कारण गाडी चलाउन नसक्ने अवस्था आएको महासंघले जनाएको छ ।
निगमले पछिल्लो समय डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।
Comments