काठमाडौं २३ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र मनोमानी र गुट हाबीको प्रवृत्ति देखा परेको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा समूहले विधि, प्रक्रिया मिचेर नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको आरोप लगाएको छ । यसै आरोपसँगै पौडेलको नेतृत्वमा सोमबार छुट्टै भेला बसेको छ । आफ्नो गुटलाई फाइदा पुग्ने खालको छुट्टै विधान मस्यौदा’ बैठकमा पेश गरी बिना छलफल पास गरेको आरोप भेलामा लगाइएको थियो ।
देउवा पक्षले भने गुटको भेला गर्दै हिडेको आरोप पौडेल पक्षलाई लगाएको छ । निर्वाचनको समयमा नेतृत्वको कारण पार्टी पराजय भएको भन्दै गुटबन्दी चरम उचाईमा पुगेको थियाे । पुनः नेविसंघको उमेर हदका विषयमा कांग्रेस विवादमा परेको हो ।
Comments







