काठमाडौं ८ कात्तिक । सरकारले निर्मला हत्या प्रकरणका विवादित दुई प्रहरी अधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ ।
निर्मलाको हत्या भएको बेला जिल्ला प्रहरी प्रमुख रहेका एपी दिल्लीराज विष्ट र इन्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेको हो ।

उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरिएको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यसअघि उनीहरुसहित पाँच प्रहरी अधिकारी निलम्बित भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।